२०८३ भाद्र २८ आइतबार

रैथाने बाली: आहारादेखि व्यवसायसम्म

ई आर्थिक    आइतबार, जेष्ठ ३० २०७८
17.7K
Shares
रैथाने बाली: आहारादेखि व्यवसायसम्म

विश्व परिबेशलाई नियालेर हेर्ने हो भने, मानिसको स्वास्थ जतिको संबेदनशील त् केहि नरहेछ भन्ने कुरा सायदै अब चर्चा गर्नुपर्ने विषय नहोला । मानिसको स्वास्थको निम्ति महत्वपूर्ण श्रोत भनेकै खाधान्न । हामीले सन्तुलित आहारको कुरा गर्दै गर्दा, आफ्नो खानाको सन्तुलन मिलाएर खाने सायद धेरै थोरै छौ होला, भगवान भरोसामा छोडेका हुन्छौ र जे पायो जति बेला पायो खाने चलन कुनै नौलो भने होइन । अब बिश्वको परिस्थितिले विभिन्न चुनौती थप्दै जादा सन्तुलित आहारको न्यूनतम आवस्यकता पुग्न पनि गाह्रो हुने अवस्था आएको छ । त्यसमाथि हामीले खाने खाधान्नको पोषक तत्वको अवस्था एकदम दयनीय छ । भन्नुको आसय के हो भने, हाम्रो खाद्यन्न खपतमा चुनौती दिनानुदीन थपिदै जादैछन ।
यसै बिच विभिन्न सम्भावना बोकेको खाद्यान्न बालीहरुमा रैथाने बाली एक उदहारण बन्न सक्नेछ ।

के हुन् त रैथाने बाली ?
सामान्यतया कृषकहरुले सदियौ देखि लगाउँदै एबं संरक्षण गरी आएका बालीहरुलाइ रैथाने वा स्थानीय बाली भनिन्छ । खासगरी कोदो, कागुनो, जौ, फापर, चिनो, कोदो जस्ता मिथ्यान्न बालीहरु तथा वागवानी क्षेत्रमा लट्टे, पिँडालु, ओखर आदि रैथाने वा स्थानीय बाली समूहभित्र पर्दछन्‌ । यसका साथै धान, मकै, तथा अन्य बालीका स्थानीय जातहरुलाई पनि यस अन्तरगत राखिन्छ । छिकेमिर्के सिमी, नेपाले भट्ट, सेतो भट्ट, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, फुला उठ्‌ने साना दाना भएको मकै आदि सबै रैथाने बाली अन्तरगत पर्दछन्‌ । मार्फाको स्याउ, कालो आलु, कास्कीको जेठोबूढो धान, जुम्लाको मार्सी धान, मनकामनाको सुन्तला, सिन्धुलीको जुनार, काठमाडौं–भत्तपुरको ज्यापू काउली जस्ता क्षेत्रीय गुण बोकेका तरकारी र फलफूल पनि रैथाने बाली अन्तरगत पर्दछन्‌ । यी बालीहरुको खाद्य सुरक्षा तथा बाली जैविक विविधतामा महत्वपूर्ण योगदान रहेको छ ।

मुख्य विशेषताहरु
रैथाने बालीहरुले कम मेहनत र स्याहारसम्भारमा पनि राम्रो उत्पादन दिन्छन्‌ । यी बालीहरुबाट उत्पादित उपजहरु लामो समयसम्म भण्डारण गर्न सकिने, चाडैँ नबिग्रने र खानमा पनि स्वादिला हुन्छन्‌ । यस्ता बालीहरुमा रोगकीरा कम लाग्ने भएकाले प्राङ्गारिक पद्दतिअनुसार उत्पादन गर्न सकिन्छ । यी बालीहरु अन्य बालीहरुको तुलनामा धेरैपटक उत्पादन लिन सकिने र लामो समयसम्म उत्पादन दिइरहने खालका हुन्छन्‌ । यस्ता बालीहरुमा मानबशरीरमा चाहिने पौष्टिक तत्वको मात्रा बढी हुन्छ । पछिल्लो समयमा रैथाने बालीहरुको बजार माग बढ्‌दो रहेको छ ।

अब रैथाने बालीमा अनुदानका साथै अनुसन्धानको बिशेष व्यवस्था गरेर देशको कृषिलाई नयाँ उर्जा थप्न आवस्यक छ । देशको कृषि व्यवस्था जति नै परिवर्तन भएपनि, नीति र कार्यक्रम अनुसार अझै केहि हुन् नसकेको अवस्था छ ।

विभिन्न ठुला कार्यक्रमहरु सङ्गै राष्ट्रिय कृषि नीतिमा समेत ठाउँ पाएका रैथाने बलिको महत्त्व बढ्दै गएको पाहिन्छ ।

माग बढ्दै गर्दा नेपालका टुहुरा हुदै गइरहेका पहाडहरुलाई सम्झन आवस्यक छ । दिनानुदिन सहरीकरण बढ्दै जादा गाउँ घरको पेसा अनि डाडाकाडा छोड्ने क्रम बढेर रैथाने बालीको पूर्ण रुपमा लोप नहोला भन्न सकिन्न । पहिले उत्पादन हुने कोदो, कागुन, फापर, हुने ठाउँमा अहिले जंगली घासपात उम्रियका हुन्छन । हुन् त पिज्जा र बर्गर खाने यो पिढीले कोदाको, जौको रोटि के नै मन पराउथे !

मानिसलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनिरल, सबै पाइने यी रैथाने बाली केवल आहारमा मात्र होइन, नयाँ र उत्कृत व्यवसाहय बन्न सक्ने ठुलो सम्भावना देखिन्छ । उत्पादनको लागत देखि लिएर कम समयमै राम्रो उत्पदन लिन सकिने रैथाने बाली नेपालको कृषि क्रान्तिको महत्वपूर्ण तत्त्व बन्न सक्छ । नेपालको हिमाली क्षेत्र जहाँ कृषि उद्पदन सन्तोषजनक हुन् सकेको छैन त्यस्ता भैगोलिक कठिनता भएका क्षेत्रहरुमा स्थानीय हवापनिमानै राम्रो उत्पादन ल्याउन सकिने सम्भावना भएको ले, नेपालको हिमाली पहाडी क्षेत्रको उचित ढङ्गले सदुपयोग हुने छ । विभिन्न नयाँ जातहरुको विकास, विस्तार अनि आयत भैरहेको बेला आफ्नो स्वदेशी रैथाने बालिहरुको जात लोप हुन लागेको कुरा लाई बिर्सनु हुदैन ।

अब रैथाने बालीमा अनुदानका साथै अनुसन्धानको बिशेष व्यवस्था गरेर देशको कृषिलाई नयाँ उर्जा थप्न आवस्यक छ । देशको कृषि व्यवस्था जति नै परिवर्तन भएपनि, नीति र कार्यक्रम अनुसार अझै केहि हुन् नसकेको अवस्था छ । शारीरिक र मानसिक रुपमा सक्रिय जिवनको लागि खाद्यान्न आधारभूत आवस्यकताको रुपमा रहन्छ । खाद्य तथा पोषण सुरक्षा र जलवायुमैत्री खेती प्रणालीमा महत्पूर्ण योगदान पुर्याउने रैथानेबालीको उत्पादन तथा उपभोग सम्बन्धी सचेतना कार्यत्रम निरन्तररुपमा संचालन गर्नुपर्ने आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij