२०८३ कार्तिक २९ शनिबार

तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामा १२ हजार ६ सय रुपैयाँ सस्तियो

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८३
1.1K
Shares
तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामा १२ हजार ६ सय रुपैयाँ सस्तियो

काठमाडौं । तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावअनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य समायोजन गरेसँगै सुनको भाउ एकैपटक प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको हो।

महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको छ।

गत सोमबार चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्यमा आएको यो गिरावटसँगै नेपाली बजारमा दुवै धातुको कारोबार मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij