२०८३ कार्तिक २८ शुक्रबार

छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८३
304
Shares
छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट अर्थात् २०८३ कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने जनाएको हो।

यसअघि सरकारले २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा घोषणा गरिसकेको थियो।

छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराइएको छ।

यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij