२०८३ कार्तिक २८ शुक्रबार

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए गभर्नर समक्ष पद तथा गोपनीयताको सपथ

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८३
1K
Shares
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए गभर्नर समक्ष पद तथा गोपनीयताको सपथ

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो ।

माछापुच्छ्रे बंैकको २८ औँ वार्षिक साधारणसभा मार्फत संस्थापक सेयरधनीहरूको तर्फबाट बैंक सञ्चालक समितिमा निर्विरोध निर्वाचित भए लगत्तै बसेको बैंक सञ्चालक समितिको ५६७ औं बैंठकले उनलाई आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij