२०८३ कार्तिक २४ सोमबार

आज नरक चतुर्दशी स्नान र दीपदान

ई आर्थिक    आइतबार, कार्तिक २३ २०८३
285
Shares
आज नरक चतुर्दशी स्नान र दीपदान

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहान नरक चतुर्दशी पर्व स्नान तथा दीपदान गरी मनाएका छन् । कार्तिक कृष्ण चतुर्दशीका दिन अरुणोदयकालअघि नदी, तलाउ, कुवा, पोखरी तथा धारामा गई स्नान गरेर यो पर्व मनाउने धार्मिक परम्परा छ ।

पर्वका अवसरमा स्नान गरेपछि सालको पातमा यमदीप राखी दक्षिण दिशातर्फ फर्काएर बाल्दै बगाउने परम्परासमेत रहेको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा यसलाई ‘नरके नुहाएर बगाउने’ समेत भन्ने गरिएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए ।

उनका अनुसार आजका दिन विधिपूर्वक नरक स्नान गरी यमदीप बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ । यही धार्मिक विश्वासका कारण यस दिनलाई नरक चतुर्दशी भनिएको हो।

बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेको समयमा नरक स्नान गरी दीपदान गरेर बगाउनुपर्ने धार्मिक विधानअनुसार आज बिहानै यो पर्व मनाइएको प्रा. नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij