काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार मन्त्री साह र राजदूत सुधाकरबीच भेटवार्ता भएको हो।
भेटमा दुई देशबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।