२०८३ कार्तिक २० बिहिबार

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

ई आर्थिक    बिहिबार, कार्तिक २० २०८३
228
Shares
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाडौं । नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ आबद्ध भएको छ।

मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘Hustle by NepHop’ लाई TVS NTORQ Presents को रूपमा प्रस्तुत गरिनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचान रहनेछ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित TVS NTORQ ले यस कार्यक्रमको Title Sponsor का रूपमा सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताको सोचसँग जोडिएको TVS NTORQ को यो सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल भावनासहित अघि बढ्ने ‘Hustle by NepHop’ ले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij