२०८३ कार्तिक १५ शनिबार

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन डलर सहयोग गर्ने निर्णय

ई आर्थिक    शुक्रबार, कार्तिक १४ २०८३
361
Shares
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन डलर सहयोग गर्ने निर्णय

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) मार्फत नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) सहयोग गर्ने निर्णय भएको छ ।

यसै विषयमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का फ्रान्सेली प्रतिनिधि जुलियन चेभिलार्डबीच भेटवार्ता भएको छ । भेटका क्रममा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा कोप–३१ मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने तथा नेपाली प्याभिलियनको व्यवस्थापनमा यूएनडीपीले गर्न सक्ने सहयोगका विषयमा समेत कुराकानी भएको थियो ।

विशेषगरी कोप–३१ को तयारी, हानिनोक्सानी कोषबाट प्राप्त हुने भनिएको २० मिलियन अमेरिकी डलर सहयोग परिचालन गर्ने प्रक्रिया र त्यसका लागि नेपालले गर्नुपर्ने आवश्यक पहलका विषयमा छलफल केन्द्रित रहेको थियो ।

बाढी प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणमा उक्त सहयोग महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij