काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ।
आयोजनाले सार्वजनिक सूचना जारी गर्दै बोलपत्र प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो।
आयोजनाका अनुसार ८ जुन २०२६ मा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो। तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) मा रहेको व्यवस्थाअनुसार उक्त ठेक्का रद्द गर्ने निर्णय गरिएको हो।
ठेक्का रद्द गरिएको सम्बन्धमा आयोजना निर्देशकले जारी गरेको सूचनामा बोलपत्रदातालाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरिएको छ।
यसैबीच, सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
नयाँ ठेक्का प्रक्रिया र त्यससँग जोडिएको विवादका बीच आयोजनाले यसअघि आह्वान गरेको ठेक्का रद्द गरेको हो।