२०८३ असोज २९ बिहिबार

सिद्धार्थ बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

ई आर्थिक    बिहिबार, असोज २९ २०८३
380
Shares
सिद्धार्थ बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी रु. १४,७९,४४,७९,१९५/– (अक्षरेपी चौध अर्ब उनानअसी करोड चौवालीस लाख उनानअसी हजार एक सय पन्चानब्बे रुपैँया मात्र) को १० प्रतिशतका दरले हुने रु. १,४७,९४,४७,९२०/– (एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सड्चालिस हजार नौ सय बिस रुपैंया मात्र) बराबरको बोनस शेयर जारी गर्ने तथा १० प्रतिशतका दरले हुने १,४७,९४,४७,९२०/– (एक अर्ब सड्चालिस करोड चौरानब्बे लाख सड्चालिस हजार नौ सय बिस रुपैंया मात्र) नगद लाभांश -बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

साथै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी रु. ३,५०,००,००,०००/– (अक्षरेपी तीन अर्ब पचास करोड मात्र) को ८.२५ प्रतिशतका दरले हुने रकम रु. १०,७५,८९,०४१/– (अक्षरेपी दश करोड पचहत्तर लाख उनान्नब्बे हजार एकचालिस रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) शेयर बाँडफाँड भएको मिति देखि आषाढ मसान्त, २०८३ सम्मको लागि समानुपातिक रुपमा -१३६ दिनको) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी -इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij