२०८३ भाद्र २८ आइतबार

उदयपुर सिमेन्ट उद्योग बचाउन केही गरौं न हौ सरकार !

ई आर्थिक    शुक्रबार, असोज २६ २०८०
5.9K
Shares
उदयपुर सिमेन्ट उद्योग बचाउन केही गरौं न हौ सरकार !

गोपीकृष्ण न्यौपाने

– ७ करोड ३५ लाख मे. टन सिमेन्ट उत्पादन गर्ने क्षमता भएको उदयपुर सिमेन्टको खानी ३१ बर्षमा ३८ लाख मे. टन मात्र उपयोग भएको छ ।

– जीर्ण मेसिन फेर्न, स्तरोन्नति गर्न, सिष्टम अपग्रेडिङ गर्न र क्याल्सनाइर जडान गरी कोइलाको खपत २५% ले घटाउन स्थिर पुंजी कर्जा रु. २० करोड र चालू पुंजी रु. १० करोड ऋण लगानी गर्न सके अबको १० बर्षसम्म उद्योगको हालको दैनिक १६ हजार बोरा गैंडा छाप सिमेन्ट उत्पादन हुनेछ । १० महिना नियमित उत्पादन गर्न सके प्रति बोरा सिमेन्टको लागत ५५०/- मा झार्न सकिनेछ ।

– MgO less then 2%, CaO more then 52% रहेको 109 mtr गहिरो, 5 बर्ग किलोमीटर फैलिएको एउटै चट्टान । यसैमा छिमेकी उद्योगको आँखा लागेको छ, नेतृत्व तहको पनि उद्योग चलाउने भन्दा बन्द गरेर छिटै कमाउने दाउ छ तर उदयपुरबासी नागरिकहरुले खबरदारी गरिरहनेछन ।

– उद्योग मन्त्रीज्यूले भन्ने गर्नुभएको छ, सरकारले व्यापार गर्नु हुन्न । तर बजार मूल्य नियन्त्रण र निजी क्षेत्रबाट हुनसक्ने एकाधिकार तोड्न सरकारले स्थापना गरेका उद्योगहरु बन्द गर्नुहुंदैन र संचालनको यथोचित व्यवस्थापन गर्नैपर्छ, निरिहता प्रकट गरेर बस्न सुहाउदैन ।

– म महाप्रबन्धक हुंदा यो उदयपुर सिमेन्ट फ्याक्ट्रीलाई थप लगानी गरी संचालन गर्ने र सुकौरामा दैनिक १० हजार मे. टन क्लिंकर उत्पादन गर्ने उद्योग पब्लिक-प्राइभेट साझेदार कार्यक्रम अन्तर्गत स्थापना गर्ने र उदयपुरबासीलाई छुट्टै शेयर दिएर धनी बनाउने योजना बनाइएको थियो । तर, यस्तो महत्त्वपूर्ण कुरोमा कसैको चासो देखिएन, उल्टै योजना बनाउने हामी नै बाहिरिने वातावरण बनाइयो, यो उदयपुर जिल्लाको मात्र होइन मुलुककै लागि हितकर थिएन भन्ने बिस्तारै प्रमाणित
हुंदैछ ।

– पाएसम्म गैंडा छाप सिमेन्ट नै प्रयोग गरेर घर निर्माण गरौं, बिपद् घण्टी बजाएर आउँदैन, गैंडा सिमेन्ट यसकारण मजबुत छ की यो दक्षिण एसियामै गुणस्तरीय चूनढुंगाबाट उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij