२०८३ साउन ९ शनिबार

नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने

ई आर्थिक    बुधबार, चैत्र ९ २०७३
5.7K
Shares
नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने

९ चैत, काठमाडौं । नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको हकप्रद निष्काशनको अनुमति माग्न धितोपत्र बोर्डमा निवेदन दिएको बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले स्वीकृती प्रदान गरेपछि बैंकले एक सय रुपैँया अंकित दरका एक करोड ९९ लाख १९ हजार चार सय २३.६० कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

केही समय अगाडि ९७१ रुपैँयामा ६७ हजार ७ सय ६७ कित्ता एफपीओ निकालेको कम्पनीले गत माघ २७ गते २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको थियो । गत बर्षको कमाईबाट लगानीकर्तालाई २८ प्रतिशत बोनस प्रदान गरेको बैंकको साधारणसभाबाट ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

पुस मसान्तसम्म बैकको चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैँया कायम गरेको छ । एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । बैंकले ७३ शाखा र ८६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij