२८ फागुन, काठमाडौँ । यो साता सेयरबजारमा झण्डै सवा करोड कित्ता सेयर थपिएको छ । विभिन्न नौ कम्पनीको साधारण,बोनस र हकप्रद गरेर कुल एक करोड २१ लाख ९७ हजार ७ सय ५८ कित्ता सेयर सूचिकृत भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।
यो साता नेपाल एसविआइ बैङ्कको एफपीओ मार्फत बिक्री गरेको ६७ हजार सात सय ६७ कित्ता साधारण सेयर, इन्भेस्टमेन्ट एण्ड फाइनान्सको दुई लाख ३१ हजार कित्ता वोनस, प्रिमियर इन्स्योरेन्सको सात लाख ४७ हजार पाँच सय ७ कित्ता वोनस सेयर सुचिकृत भएको छ ।
यस्तै युनाइटेड इन्स्योरेन्सको पाँच लाख चार हजार कित्ता बोनस, सेयर छिमेक लघुवित्त विकास बैङ्कको २३ लाख ८३ हजार दुई सय ३१ कित्ता वोनस सेयर, र्सिजना फाइनान्सको १० लाख आठ हजार कित्ता वोनस सेयर, युनाइटेड फाइनान्सको ११ लाख ५९ हजार आठ सय ३६ कित्ता हकप्रद, त्रिवेणी विकास बैङ्कको १५ लाख ५८ हजार २९.०४ कित्ता वोनस सेयर सूचीकृत भएको छ ।
त्रिवेणी विकास बैङ्कको पनि ४१ लाख ७६.४२ कित्ता हकप्रद र अरनिको डेभलपमेन्ट बैङ्कको चार लाख ३८ हजार तीन सय १२.११ कित्ता वोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।