१३ फागुन, काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले २५ प्रतिशत अर्थात १०:२.५ अनुपातमा १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको पूँजीवृद्धि निर्देशन तथा बैंकको दशौं वार्षिक साधारण सभावाट पारित निर्णय अनुसार हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको थियो ।
बैंकले हकप्रद शेयर निष्काशन गर्न पौष १४ गतेका दिन आवेदन दर्ता गरेकोमा नेपाल धितोपत्र वोर्डले बिहिवार स्वीकृति दिएको हो ।
बैंकले सो हकप्रद शेयर आगामी चैत्र महिनावाट जारी गरि २०७४ साल बैशाखा महिना भित्र पूंजी संकलन गरी सक्ने योजना रहेको छ ।
हाल बैंकको चुक्ता पूंजी रु. ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रहेकोमा यस हकप्रद शेयर जारी गरे पश्चात बैंकको कूल चुक्ता पूंजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार ७०० हुने बैंकले जनाएको छ ।