१२ फागुन, काठमाडौँ । सेयर करोबारको अन्तिम दिन आज बिहीबार पनि नेप्से ६.६५ अंकले ओरालो लागेर परिसूचक १३३७.४६ विन्दुमा पुगेको छ ।
कारोबारको सुरुवातदेखि नै ओरालो लाग्न थालेको बजार सुरु भएको एक घन्टामा १३३५ विन्दुमा पुगेको थियो । कारोबारमा बजार निकै ओरालो लागे पनि पुन उकालो लाग्न थालेर साढे एक बजे १३४४ विन्दुमा पुगेको थियो । कारोबारको अन्तिम समयमा बजार १३३७.४६ विन्दुमा बन्द भएको छ ।
यो दिन १३० कम्पनीको सात लाख ६१ हजार कित्ता सेयर ३० करोड ४८ लाख ९३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । बजारको सुरुवातदेखि नै तलमाथी भएको बजारमा होटेल र अन्य समूहको परिसूचक उकालो लागे पनि अन्य समूहको परिसूचक ओरालो लागेको छ ।
होटेल समूहको परिसूचक १५.९२ र अन्य समूहको परिसूचक ३.७६ अंकले उकाले लागेको छ । कारोबारमा सबै भन्दा बढी बिमा समूहको परिसूचक ३५.८३, बैंकिङ समूहको ९.२५, विकास बैकको ५.३९ अंकले ओरालो लागेको छ । यस्तै जलविद्यूत, वित्त उत्पादन तथा प्रशोधन समूहको परिसूचक पनि ओरालो लागेको छ ।