२०८३ साउन ९ शनिबार

नेप्से २५.५० अंकले बढ्यो

ई आर्थिक    आइतबार, फाल्गुन ८ २०७३
4.2K
Shares
नेप्से २५.५० अंकले बढ्यो

८ फागुन, काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । २५.५० अंकले बढेर परिसूचक १३६९.३५ विन्दुमा पुगेको छ ।

कारोबार सुरु भएदेखि नै बढ्दो क्रममा रहेको बजार अन्ततः २५.५० अंकले बढेर परिसूचक १३६९.३५ विन्दुमा पुगेर बन्द भएको हो ।

एक सय ४४ कम्पनीको २१ लाख दुई हजार कित्ता सेयर ६७ करोड सात लाख रूपैयाँ बढीको सेयर किनबेच भएको छ । यो दिन सबैभन्दा बढी बिमा समूहको परिसूचक सूचक २९५.९७ अंकले बढेको छ ।

विकास बैंक समूहको परिसूचक २९.६९ अंकले उकालो लागेको छ । कारोबारका अन्य समूह २४.५८, बित्त समूहको २०.८५, बैंकिङ समूह १४.१९ र जलविद्यूत समूहको ५.६३ अंकले उकालो लागेका छन् ।

यो दिन बैंक अफ काठमाडौं लुम्बिनीको तीन करोड १६ लाख रूपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड १३ लाख प्रभु बैंकको दुई करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij