२०८३ साउन ९ शनिबार

४१ सेयर दलाललाई बाहिरी जिल्लामा पठाउदै नेप्से, हेर्नुस् कुन कुन परे

ई आर्थिक    बुधबार, माघ १२ २०७३
9.2K
Shares
४१ सेयर दलाललाई बाहिरी जिल्लामा पठाउदै नेप्से, हेर्नुस् कुन कुन परे

१२ माघ, काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले स्टक ब्रोकर एशोसियशनसँगको समन्वयमा ४१ सेयर दलाललाई देशका १७ शहरमा कार्यालय स्थापना गरी सेयर कारोबार गर्न पठाउने निर्णय गरेको छ ।

५० सेयर दलालहरु मध्ये ९ वटाले यसअघि नै धरान, बिराटनगर, नारायणगढ, पोखरा, बुटवल, धनगढीसहितका शहरमा शाखा खोलि कारोबार संचालन गरिसकेकोमा अहिले बाँकी ४१ वटा सेयर दलाललाई उनीहरुले नै छानेको शहरमा शाखा कार्यालय स्थापना गर्न नेप्सेले स्वीकृति दिएको हो ।

दलाल व्यवसायीहरुको शाखा अर्थात ‘रिर्मोट वर्क स्टेशन’ थप गरी धितोपत्रहरुको दोस्रो बजार सेवालाई विस्तार गर्ने सम्बन्धमा नेपाल स्टक एक्सचेन्जले गतवर्ष देखि नै प्रक्रिया आरम्भ गरेको थियो । तर नेप्सेले रिर्मोट वर्क स्टेशन थप गर्नका लागि दलाल व्यवसायीहरुलाई विभिन्न शर्तहरु भने राखेको छ ।

दलाल व्यवासायीको शाखा विस्तारले राजधानी बाहिर रहेका लाखौ लगानीकर्तालाई दैनिक कारोबार गर्न सहज हुने र यसले सेयरबजारको विस्तार र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हेर्नुस् ४१ सेयर दलाल कम्पनी कुन कुन शहर जादैछन –

 

dalal-company

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij