२०८३ कार्तिक १६ आइतबार

पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने

ई आर्थिक    आइतबार, कार्तिक १६ २०८३
209
Shares
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार सडकखण्ड सोमबार तीन घण्टाका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा यातायात आवागमन पूर्ण रूपमा रोक्ने जनाएको हो।

मझिमटार क्षेत्रमा पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले निर्धारित समयका लागि सडक बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।

सडक बन्द रहने समयमा यात्रु तथा सवारी चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। साथै, निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न र सम्भावित असुविधाबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij