२०८३ असोज २४ शनिबार

चाडपर्वमा हवाई भाडा बढेको गुनासोपछि क्यानले बोलायो वायुसेवा कम्पनीलाई, सस्तोमा टिकट बेच्ने सहमति

ई आर्थिक    शुक्रबार, असोज २३ २०८३
266
Shares
चाडपर्वमा हवाई भाडा बढेको गुनासोपछि क्यानले बोलायो वायुसेवा कम्पनीलाई, सस्तोमा टिकट बेच्ने सहमति

काठमाडौं ।   नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडा दर बढाएको भन्ने गुनासो आइरहेको छ।

त्यसैले  प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा उक्त गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलायो।

उक्त छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी र प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने र सो भाडादरबारे सूचना सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ।

२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij