२०८३ असोज २१ बुधबार

बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालनलागि मर्मत तथा पुनःनिर्माणको काम तीव्र

ई आर्थिक    बुधबार, असोज २१ २०८३
190
Shares
बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालनलागि  मर्मत तथा पुनःनिर्माणको काम तीव्र

म्याग्दी । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात सञ्चालनका लागि मर्मत तथा पुनःनिर्माणको काम तीव्र पारिएको छ।
२०८३ असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले बेनी–जोमसोम–कोरला सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो।

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा कालीगण्डकीले बगाएको पुलको एप्रोच सडक र रघुगङ्गा गाउँपालिका–२ कुनौटाबाहेक अन्य सबै अवरुद्ध स्थानमा पहिरो पन्छाएर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ती स्थानमा सडक स्तरोन्नति तथा आवश्यक मर्मतसम्भारको काम भने निरन्तर भइरहेको सम्बन्धित निकायले जनाएको छ।

पोखरेबगरमा बाढीले क्षति पुर्‍याएको सडक पुनःनिर्माणका लागि ग्याबियन टो–वाल निर्माण गरी सडकतर्फ माटो भर्ने काम भइरहेको छ। त्यस्तै, रघुगङ्गा गाउँपालिका–२ को कुनौटामा एक्साभेटर प्रयोग गरी अवरुद्ध सडकको ट्रयाक खोल्ने कामलाई तीव्रता दिइएको छ।

दुवै स्थानमा आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरेर काम अघि बढाइएको छ। बाँकी रहेका यी दुई स्थानको काम पनि तीव्र गतिमा सम्पन्न गरी आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।

वर्षाका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको थियो। विशेषगरी मुस्ताङ जाने तथा फर्कने यात्रुका साथै स्थानीयवासीलाई समेत सडक अव बाँकी दुई स्थानमा समेत काम अन्तिम चरणमा पुगेकाले बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात सेवा सहज हुने अपेरुद्ध हुँदा समस्या भएको थियो।

हाल अधिकांश अवरुद्ध स्थानमा सडक सञ्चालनमा ल्याइसकिएको र बाँकी दुई स्थानमा समेत काम अन्तिम चरणमा पुगेकाले बेनी–जोमसोम–कोरला सडकखण्डमा यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij