काठमाडौं । सिद्धार्थ बैंक भिसा इन्टरनेशनलद्वारा आयोजित ‘Visa Leadership Conclave’ कार्यक्रममा दुईवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै भिसाले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो।
बैंकले प्राप्त गरेका अवार्डमा ‘Excellence in Consumer Prepaid Cards Business’ र ‘Excellence in Consumer Credit Cards Business’ रहेका छन्।
ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवाको बजार विस्तारलाई प्राथमिकता दिँदै आएको छ। प्राप्त अवार्डले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ।
आर्थिक वर्ष २०८३ को आषाढ मसान्तसम्म बैंकिङ क्षेत्रमा कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी भएका छन्। तीमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ६९ हजार रहेको छ। यसअनुसार क्रेडिट कार्ड बजारमा बैंकको हिस्सा करिब २१ प्रतिशत रहेको छ।
त्यसैगरी, सोही अवधिसम्म बजारमा जारी भएका कुल २ लाख ८० हजार प्रिपेड कार्डमध्ये सिद्धार्थ बैंकको हिस्सा करिब ४२ हजार रहेको बैंकले जनाएको छ।
क्रेडिट कार्ड सुविधालाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले बैंकले ग्राहकका लागि लाइफटाइम निःशुल्क क्रेडिट कार्डको सुविधा पनि उपलब्ध गराएको छ। उक्त सुविधाअन्तर्गत ग्राहकले मंसिर २९, २०८३ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।
भिसा इन्टरनेशनलबाट प्राप्त सम्मानले कार्ड व्यवसायमा बैंकको उपस्थितिलाई थप मजबुत बनाउनुका साथै डिजिटल भुक्तानी सेवाको विस्तारमा प्रोत्साहन मिल्ने बैंकको विश्वास छ।