२०८३ मंसिर ८ सोमबार

इलाममा सूर्योदय चिया महोत्सव हुँदै, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य

ई आर्थिक    आइतबार, मंसिर ७ २०८३
304
Shares
इलाममा सूर्योदय चिया महोत्सव हुँदै, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य

इलाम । इलाममा आजदेखि दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदै छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोसी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव सुरु हुँदै छ ।

महोत्सवको उद्घाटन कोसी प्रदेशका पर्यटन, वन तथा वातारणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ ।

चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं १० नं वडाध्यक्ष पेमा उगेन लामाले बताए ।

“चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो”, उनले भने, “यहाँ आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।”

आइतबारसम्म सञ्चालन हुने महोत्सवमा महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् ।

स्थानीय खाद्य परिकारको कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, टेस्टिङ र बजारीकरणको व्यवस्था गरिने संयोजक लामाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij