२०८३ कार्तिक १५ शनिबार

उत्तर कोरियाली ह्याकरले २० मिनेटमै चोरे ६.३ अर्ब डलर क्रिप्टो, इतिहासकै ठूलो चोरी

ई आर्थिक    शुक्रबार, कार्तिक १४ २०८३
589
Shares
उत्तर कोरियाली ह्याकरले २० मिनेटमै चोरे ६.३ अर्ब डलर क्रिप्टो, इतिहासकै ठूलो चोरी

एजेन्सी । अमेरिकी ब्लक चेन विश्लेषण कम्पनी टीआरएम ल्याब्सले हिजो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट भएको ६.३ अर्ब अमेरिकी डलरको चोरीमा उत्तर कोरियाली ह्याकरहरुको संलग्नता रहेको दाबी गरेको छ । ६।३ अर्ब डलरको चोरीलाई इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी हो ।

टीआरएम ल्याब्सले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो चोरी उत्तर कोरियाको विशेष तथा दक्ष ह्याकिङ समूह ‘ट्रेडर ट्रेटर’ले गरेको हो । रिपोर्टमा टीआरएम ल्याब्सले भनेको छ, ‘ह्याकरहरुले १० वटा फरक–फरक ब्लक चेनमा रहेका बाइनान्सका वालेटबाट करिब ६।३६ अर्ब डलर रकम सारेका छन् । अधिकांश रकम २० मिनेटभित्र ट्रान्सफर गरिएको थियो । अफ–चेन र अन–चेन प्रमाणहरुका आधारमा हामी पूर्ण विश्वास्त छौं कि यो काम उत्तर कोरियाको ट्रेडर ट्रेटरले नै गरेको हो ।’

यसअघि सन् २०२५ मा बाइबिटबाट आएको १.५ अर्ब डलरको चोरी दोस्रो ठूलो चोरी हो ।

बाइनान्सले पनि प्रारम्भिक अनुसन्धान उदृद गर्दै एक जना डेभअप्स इन्जिनियरको ल्यापटप ह्याक भएपछि ह्याकरले प्रणालीमा अनाधिकृत पहुँच बनाएको बताएको छ । बाइनान्सले वालेटको प्राइभेट की भने लिक नभएको दाबी गरेको छ । हाल चोरी भएकोमध्ये ३ अर्ब डलर रोक्का गरिएको छ । कम्पनीका ग्राहकको कुनै पनि नोक्सानी आफ्नो आपतकालीन कोष र कम्पनीको आफ्नै रकमबाट शोधभर्ना गरिदिने प्रतिबद्धता जनाउँदै सुरक्षा निकायहरुसँग मिलेर अनुसन्धान गरिरहेको बताएको छ ।

टीआरएम ल्याब्सका अनुसार ह्याकरहरुले इथेरियम ब्लक चेनमा ‘ईआईपी ७७०२’ कोडको प्रयोग गरेर पहिले नै डिजिटल हस्ताक्षर जुटाएर बाइनान्सको ‘हट वालेट’लाई आफ्नो नियन्त्रणमा लिएका थिए । सोही समयमा अन्य ९ वटा ब्लक चेनबाट समेत साधारण हस्ताक्षर गरिएको ट्रान्सफरमार्फत् रकम ह्याकरको खातामा सारिएको थियो ।

चोरी लगत्तै टेथर, सर्कल, रिपल र अन्य निकायहरुले करिब २.७ अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति रोक्का गरिदिएका थिए । तर, ती कोषहरु रोक्न हुनुअगावै ह्याकरहरुले द्रुत गतिमा युएसडिटी बिक्री गरेर तथा ऋण लिएर इथेरियम र बिटक्वाइनमा रुपान्तरण गरिसकेका थिए । हाल ह्याकरहरुको नियन्त्रणमा कसैले रोक्न नसक्ने गरी ४ लाख २० हजार बढी इथर र १८ हजार २७० बिटक्वाइन पुगिसकेको छ ।

टीआरएम ल्याब्सका अनुसार यो शैलीको चोरी यसअघि उत्तर कोरियाले गरेका अन्य ठूला क्रिप्टो चोरीहरुसँग ठ्याक्कै मेल खान्छ । यसअघि भएका बाइबिट ह्याक र अप्रिल २०२६ को केल्पडिएओ ह्याकमा पनि यही शैली अपनाइएको थियो । घटना हुनुभन्दा धेरै अघिदेखि तयारी थाल्नु, टोर्नाडो क्यासमार्फत् रकम जुटाउनु, पहिले नै हस्ताक्षरहरु संकलन गरेर एकैपटक चोरी र तुरुन्तै विभिन्न प्लेटफर्महरुमार्फत् सम्पत्ति शुद्धिकरण गर्नु उत्तर कोरियाली ह्याकरहरुकै पहिचान मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij