काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा परित्याग गर्दै समाजवादी जागरण अभियान’घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले नयाँ अभियानको औपचारिक घोषणा गरेका हुन्।
खनाल नेतृत्वमा सुरु भएको अभियानको पहिलो भेलाले विभिन्न १५ वटा प्रस्तावसमेत पारित गरेको छ। पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीतिको पुनरवलोकन गर्नुपर्ने विषयदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका मुद्दा समेटिएका छन्।
अभियानले समाजवादी आन्दोलनलाई नयाँ वैचारिक आधारसहित अघि बढाउने तथा मुलुकका समसामयिक राजनीतिक, सामाजिक र राष्ट्रिय मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।