२०८३ साउन ९ शनिबार

उद्योग मन्त्रालयले समयअघि नै ३२ कार्य सम्पन्न गरेको दाबी

ई आर्थिक    शनिबार, असार १३ २०८३
760
Shares
उद्योग मन्त्रालयले समयअघि नै ३२ कार्य सम्पन्न गरेको दाबी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको १०० दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत आफूलाई तोकिएका ३२ वटा कार्य निर्धारित समयअघि नै सम्पन्न गरेको दाबी गरेको छ।

उद्योगमन्त्री गौरिकुमारी यादवले मन्त्रालयअन्तर्गत सम्पन्न भएका कार्यहरूको विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएकी छन्। मन्त्री यादवले प्रधानमन्त्रीलाई कार्यसम्पादनको विवरण समेटिएको प्रतिवेदन हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ।

सरकारले सार्वजनिक गरेको १०० दिने कार्ययोजनाअनुसार अझै एक सातापछि मात्र निर्धारित अवधि पूरा हुने भए पनि उद्योग मन्त्रालयले आफ्नो जिम्मेवारी समयअगावै सम्पन्न गरेको जनाएको छ।

कार्ययोजनाअन्तर्गत मन्त्रालयले नीतिगत सुधार, औद्योगिक वातावरण सुदृढीकरण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, उद्योग प्रशासनलाई चुस्त बनाउने तथा प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयनमा जोड दिएको जनाएको छ।

मन्त्री यादवले जनविश्वास अभिवृद्धि, सुशासनलाई संस्थागत गर्ने तथा परिणाममुखी कार्यशैली विकास गर्ने उद्देश्यका साथ मन्त्रालयले तीव्र गतिमा काम गरेको बताएकी छन्।

उनका अनुसार मन्त्रालयका कर्मचारी, सम्बन्धित निकाय तथा सरोकारवालाबीचको समन्वयका कारण तोकिएका जिम्मेवारी समयमै सम्पन्न गर्न सम्भव भएको हो।

सरकारले सबै मन्त्रालयलाई घोषणा गरिएका कार्यक्रम समयमै कार्यान्वयन गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने परिणाम दिन निर्देशन दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij