२०८३ साउन १० आइतबार

एफएनसीसीआईको अध्यक्षमा अञ्जन श्रेष्ठको कार्यकाल सुरु

ई आर्थिक    बुधबार, बैशाख २३ २०८३
1K
Shares
एफएनसीसीआईको अध्यक्षमा अञ्जन श्रेष्ठको कार्यकाल सुरु

काठमाडौं ।   नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षमा वरिष्ठ उपाध्यक्ष  अञ्जन श्रेष्ठको  आजबाट कार्यकाल सुरु भएको छ । साढे दुई दशक लामो संगठनात्मक सक्रियता र व्यवसायिक नेतृत्वपछि उनी महासंघको शीर्ष नेतृत्वमा पुगेका हुन्। उनको कार्यकाल तीन वर्षको हुनेछ।

महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ आजदेखि औपचारिक रूपमा अध्यक्ष बनेका हुन्। यद्यपि उनले कार्यभार बिहीबारदेखि सम्हाल्ने भएका छन्। हालै सम्पन्न निर्वाचनको मतपरिणामअनुसार कार्यसमितिमा उनको पक्षले सुविधाजनक बहुमत हासिल गरेको छ।।

व्यवसायिक पृष्ठभूमिबाट आएका श्रेष्ठ लक्ष्मी समूहसँग आबद्ध छन्। पोखराबाट सुरु भएको पारिवारिक व्यवसाय विस्तार हुँदै अहिले दुग्धजन्य उत्पादन, प्याकेजिङ, अटोमोबाइल, स्टिल र खाद्य उद्योगसम्म फैलिएको छ। लक्ष्मी समूह अन्तर्गतका उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसम्म पुगेका छन्।

महासंघमा प्रवेशअघि उनी नाडा अटोमोबाइल एसोसिएसनको अध्यक्षसमेत रहिसकेका छन्। त्यसपछि वस्तुगत उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै उनी महासंघको अध्यक्ष बनेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको सबैभन्दा प्रभावशाली प्रतिनिधिमूलक संस्था हो। महासंघको नयाँ नेतृत्वसँगै निजी क्षेत्रले आगामी दिनमा नीति संवाद र औद्योगिक विस्तारमा नयाँ अपेक्षा राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij