२०८३ कार्तिक १३ बिहिबार

संवैधानिक परिषद् बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्ति बैठकको एजेन्डा

ई आर्थिक    बुधबार, बैशाख २३ २०८३
2.6K
Shares
संवैधानिक परिषद् बैठक आह्वान, प्रधानन्यायाधीश नियुक्ति बैठकको एजेन्डा

काठमाडौं ।  सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

संवैधानिक परिषद् सचिवालयले बुधबार जारी गरेको सूचनाअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश पदका लागि नियुक्ति सिफारिस गर्ने रहेको जनाइएको छ। प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यसहित बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ।

उक्त बैठकलाई न्यायपालिकाको नेतृत्व चयनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij