२०८३ साउन १० आइतबार

नगद कारोबारको सीमा बढाउन अध्यक्ष ढकालको आग्रह

ई आर्थिक    सोमबार, माघ १२ २०८२
2.9K
Shares
नगद कारोबारको सीमा बढाउन अध्यक्ष  ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै नगद कारोबारको सीमा बढाउन आग्रह गरेका छन् ।

बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले केही असर परेको उनको भनाइ छ ।

उनले अहिले आर्थिक नीतिहरू पुनरावलोकन गर्ने सही नेतृत्व र सही समय भएको बताए । अध्यक्ष ढकालले भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनुभन्दा स्वदेश उत्पादन र उद्यमशीलता प्रवर्द्धन नीतिमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई समस्या सिर्जना गरेको बताए ।

उनले भन्सार क्षेत्रलाई थप प्रविधिमैत्री र एकद्वार प्रणाली कार्यान्वयन गर्न सुझाव दिए । विद्यमान भन्सार ऐनमा रहेका दण्ड–जरिवानासम्बन्धी व्यवस्था अव्यवहारिक रहेकाले पुर्न बिचार गर्न उनले सुझाव दिए ।

नेपालमा भन्सारका दरहरू समायोजन गर्दै प्रतिस्पर्धी बजारहरूको निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij