२०८३ कार्तिक १६ आइतबार

नेप्से बुलिस ट्रेन्डमा, लगानिकर्तामा थपियो उत्साह

ई आर्थिक    मंगलबार, चैत्र ८ २०७३
6.3K
Shares
नेप्से बुलिस ट्रेन्डमा, लगानिकर्तामा थपियो उत्साह

८ चैत, काठमाडौं । बिगत केही दिन देखी नेप्से निरन्तर बढीरहेको छ। बजार निरन्तर बढे सँगै लगानिकर्तामा उत्साह थपिएको छ। मंगलवार पनि सेयर बजार ३७.८५ अंकले बढेर १४६२.२३ अंकमा पुगेको छ ।

उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ३९.४७, ३७.८, ७६.३४, २०.६५, १२.६६, १०८.४ र ४.०५ अंकले बढ्दा उत्पादनमूलक समूह स्थिर रहेको छ ।

यस् दिन एक अर्ब ४२ करोड ४९ लाख दुई हजार पाँच सय १७ रुपैयाँको कारोबार भएको छ । कुल १४७ वटा कम्पनीको २२ लाख ३४ हजार ५३ कित्ता सेयर नौ हजार एक सय ९२ पटक खरिदविक्री भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्सको मात्रै ११ करोड ८३ लाख ७७ हजार पाँच सय ४५ रुपैयाँको कारोबार भएको छ भने एनसीसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेपाल इन्भेष्टमेन्ट प्रोमोटरको पाँच करोडमाथिको सेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र सानिमा बैंकको चार करोडमाथिको कारोबार भएको छ भने नेपाल बंगलादेश बैंकको तीन करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij