८ चैत, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन चैत ३० गतेदेखि सुरु हुने भएको छ ।
कम्पनीले चुक्तापुजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । यो हकप्रद प्रभु बैंकको बिभिन्न शाखा कार्यालय र प्रभु क्यापिटल कमलादीबाट आवेदन दिन सकिने छ ।
३८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । यो हकप्रद जारीपछि बैंकको चुक्ता पुँजी ५७ करोड ७५ लाख रुपैयाँ पुग्ने छ ।
कम्पनीले प्रकाशित आवहान पत्रमा भने आव २०७५/७६ सम्ममा चुक्ता पुँजी ७२ करोड रुपैयाँ पुग्ने उल्लेख गरेको छ । यस आधारमा हेर्दा लगानीकर्ताले हकप्रद जारी पछिको पहिलो वर्ष करिब १० प्रतिशत र दोस्रो वर्ष करीब १३.४० प्रतिशत बोनस वा हकप्रद प्राप्त गर्ने छन् ।