२०८३ कार्तिक २० बिहिबार

आईजीपी पदबाट हटाइएपछि सरकारी निर्णयविरुद्ध निवर्तमान आईजीपी कार्की सर्वोच्चमा

ई आर्थिक    बिहिबार, कार्तिक २० २०८३
551
Shares
आईजीपी पदबाट हटाइएपछि सरकारी निर्णयविरुद्ध निवर्तमान आईजीपी कार्की सर्वोच्चमा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै निवर्तमान प्रहरी प्रमुख दानबहादुर कार्कीले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्।

सरकारको निर्णय आफू अन्यायपूर्ण भएको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्। उनका तर्फबाट कानुन व्यवसायीहरूले रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।

यद्यपि, रिट निवेदन अदालतमा पेस भइसके पनि प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्रै दर्ता हुने वा नहुने विषयमा टुङ्गो लाग्नेछ।

यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी उनलाई उक्त जिम्मेवारी दिएको थियो।

त्यसैगरी, सरकारले रिक्त भएको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णयलाई चुनौती दिँदै कार्की सर्वोच्च अदालत पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij