काठमाडौं । एलआरआर मोटर्सले लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ ईभीको डेलिभरी सुरु गरेको छ। कम्पनीले नाडा अटो शो २०२६ मा प्राप्त बुकिङअनुसार ग्राहकलाई गाडी हस्तान्तरण गर्न थालेको हो।
एलआरआर मोटर्सले नाडा अटो शो २०२६ मा स्काईवेलको बीई ११ मोडल सार्वजनिक गरेको थियो। उक्त अवसरमा करिब ४ सय वटा गाडी बुकिङ भएको कम्पनीले जनाएको छ। अटो शोका क्रममा तथा त्यसपछि बुकिङ गरेका ग्राहकलाई क्रमशः गाडी डेलिभरी दिन थालिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार ग्राहकबाट प्राप्त बुकिङअनुसार उत्पादक कम्पनीमार्फत गाडीहरू नेपाल आइरहेका छन्। सोहीअनुसार चरणबद्ध रूपमा गाडी डेलिभरी गर्ने योजना बनाइएको छ।
कम्पनीले नेपालमा बीई ११ का विभिन्न भेरियन्ट सार्वजनिक गरेको थियो। जसअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, ४१० किलोमिटर रेन्ज दिने कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ र सोही रेन्ज दिने लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
नाडा अटो शोमा उल्लेख्य बुकिङ प्राप्त गरेको स्काईवेल बीई ११ को डेलिभरी सुरु भएसँगै ग्राहकले आफ्नो बुकिङअनुसार विद्युतीय गाडी प्राप्त गर्न थालेका छन्।