२०८३ कार्तिक १९ बुधबार

मालपोतका नासु आचार्य, उनकी श्रीमती, छोराछोरी विरुद्ध पौने १० करोडको भ्रष्टाचार मुद्दा

ई आर्थिक    मंगलबार, कार्तिक १८ २०८३
1.2K
Shares
मालपोतका नासु आचार्य, उनकी श्रीमती, छोराछोरी विरुद्ध पौने १० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आचार्यले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र सम्पत्ति शुद्धीकरणसमेतको कसुर गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

आयोगले आचार्यसँगै उनकी श्रीमती ललिता राजभण्डारी तथा छोरीहरू निलु आचार्य र सरु आचार्यविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ।

यसैगरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२, दिव्यश्वरीकी प्रभा बस्नेत र काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोलाकी कुमारी कटुवालविरुद्ध पनि ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

आयोगका अनुसार उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरिएको हो। सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij