२०८३ कार्तिक १३ बिहिबार

शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

ई आर्थिक    बिहिबार, कार्तिक १३ २०८३
228
Shares
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटका क्रममा द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको छ ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्विस सरकारले पु¥याउँदै आएको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा स्विस सहयोग र सहकार्यले निरन्तरता पाउने र नयाँ आयामका साथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट) सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सो ऐन पारित भएपछि प्राविधिक शिक्षाका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत सुधार हुने, सीटीईभीटीको पुनर्संरचना हुने र प्राविधिक तथा व्यावसायिक शिक्षा थप व्यवस्थित बन्ने उहाँले स्पष्ट पार्नुभयो ।

साथै, प्राविधिक तथा व्यावसायिक शिक्षाका साथै आगामी दिनमा उच्च शिक्षाको क्षेत्रमा पनि दुई देशबीच सहकार्य विस्तार गर्न सकिने मन्त्री पोखरेलले बताउनुभयो। विशेष गरी शिक्षक (फ्याकल्टी) तथा विद्यार्थी आदानप्रदान जस्ता कार्यक्रममार्फत उच्च शिक्षामा सहकार्य बढाउन सकिने सम्भावनाबारे मन्त्री पोखरेलले जोड दिनुभयो ।
सो अवसरमा राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति स्विस सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभयो । मानवीय क्षति तथा आपतकालीन अवस्थालाई सम्बोधन गर्न स्विस सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको तत्काल सहायता र पुनर्स्थापना सहयोगबारे मन्त्री पोखरेललाई अवगत गराउनुभयो ।

नेपाल र स्विट्जरल्याण्डबिच लामो समयदेखि रहँदै आएको द्विपक्षीय सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै राजदूत मेउलीले स्विस सरकारको विश्वव्यापी द्विपक्षीय सहयोग नीतिको परिवर्तन अनुसार नेपालमा भविष्यमा हुने सहयोगका प्राथमिकता र स्वरूपमा पर्न सक्ने प्रभावबारे पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij