२०८३ साउन १० आइतबार

वैदेशिक रोजगार ऐन संशोधन प्राथमिकतामा, आन्तरिक रोजगारी बढाइँदै

ई आर्थिक    बिहिबार, असार ४ २०८३
2K
Shares
वैदेशिक रोजगार ऐन संशोधन प्राथमिकतामा, आन्तरिक रोजगारी बढाइँदै

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीका अवसर विस्तार गर्न तथा रोजगारसम्बन्धी नीतिगत सुधारका लागि मन्त्रालय सक्रिय रूपमा काम गरिरहेको बताउनुभएको छ। उहाँले रोजगार नीति प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

मन्त्री यादवका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा श्रम ऐनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकमार्फत आवश्यक निर्देशन जारी गरिएको छ। अस्पताललगायत विभिन्न प्रतिष्ठानले श्रम ऐनको पालना नगरेको पाइएकाले त्यस्ता संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।

वैदेशिक रोजगार क्षेत्रलाई ‘लगामबिनाको घोडा’ को संज्ञा दिँदै मन्त्री यादवले हालको कानुनी व्यवस्था पर्याप्त नभएको उल्लेख गर्नुभयो। उहाँले वैदेशिक रोजगार ऐन संशोधनलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाइएको जानकारी दिनुभयो।

माइग्रेसन व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउन सम्पूर्ण प्रणालीलाई डिजिटलाइजेसन गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो। श्रम स्वीकृति नदिइएका मुलुकहरूमा समेत नेपाली नागरिक घरेलु कामदारका रूपमा जाने क्रम जारी रहेकाले त्यसलाई नियन्त्रण गर्न सरकार प्रयत्नरत रहेको उहाँको भनाइ छ। फ्री भिसा र फ्री टिकट नीतिमा देखिएका समस्यालाई सुधार गर्न पनि आवश्यक पहल भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij