काठमाडौँ। कलश स्टक मार्केट ब्रोकर नम्बर ७४ ले लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क अनलाइन सेयर तालिम सञ्चालन गर्ने भएको छ।
कम्पनीका अनुसार पुस १९ गतेदेखि २६ गतेसम्म आठ दिनसम्म तालिम सञ्चालन हुनेछ। सेयर बजारप्रति चासो राख्ने इच्छुक व्यक्तिहरूले उक्त तालिममा सहभागी हुन सक्ने जनाइएको छ।
बेलुका ६ बजेदेखि ८ बजेसम्म अनलाइनमार्फत सञ्चालन हुने तालिममा सेयर बजारसम्बन्धी आधारभूत तथा व्यावहारिक विषय समेटिने कम्पनीले जनाएको छ। तालिमका प्रमुख प्रशिक्षकका रूपमा अशोक कुमार शाह रहनेछन्।
तालिममा सहभागी हुन इच्छुकहरूले कलश स्टक मार्केटको आधिकारिक वेबसाइटमार्फत फारम भर्नुपर्ने कम्पनीका अध्यक्ष प्रदीप के.स.िले जानकारी दिए।