२०८३ कार्तिक १६ आइतबार

नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने

ई आर्थिक    बुधबार, पौस ९ २०८२
4.5K
Shares
नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ। पुस ८ गते बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने  प्रस्ताव गरेको हो । आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस ३० गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि पुस २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij