१८ अर्ब भ्रष्टाचार आरोप लागेका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रधानमन्त्री कार्कीसमक्ष उजुरी, क्यानडा भ्रमण रोक्न माग

क्यानडामा यही २२ सेप्टेम्बरमा हुने आइकाओको एसेम्बलीमा सहभागी हुन अधिकारी, पूर्वपर्यटनमन्त्री पाण्डेसहितको टोली यही २१ तारिक त्यसतर्फ प्रस्थान गर्ने तयारी रहेको छ ।
ई–आर्थिक, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १८ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक उजुरी परेको छ। उजुरीमा अधिकारीसहित संलग्न पदाधिकारीलाई तत्काल निलम्बन, छानबिन र कारबाही गर्न माग गरिएको छ।
सोमबार, भदौ ३० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता नं. १ मा उल्लेखित उक्त उजुरी ‘नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत पदाधिकारीहरूलाई तत्काल निलम्बन, छानबिन …