सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागे, कुन ठाउँबाट कति कैदी भागे ?

ई-आर्थिक, काठमाडौं ।  राजधानीको सुन्धारास्थित केन्द्रीय कारागारबाट एकैचोटि ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन्। प्रारम्भिक जानकारीअनुसार करिब ३३ सय कैदीबन्दी विभिन्न कारागारहरूबाट भागेका छन्।
केन्द्रीय कारागार, भद्रबन्दी गृह, महिला बन्दी गृह, र अन्य क्षेत्रीय कारागारहरूमा रहेका करिब ३८ सय कैदीबन्दीमध्ये अहिले जम्मा ५ सय हाराहारीमा मात्रै बाँकी रहेका छन् ।
 पूर्वमन्त्री रायमाझीसमेत फरार
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी पनि भद्रबन्दी गृहबाट फरार भएको स्रोतले जनाएको छ। उनी पुर्पक्षका लागि थुनामा राखिएका थिए।
नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरूले राति करिब १० बजे सुन्धारामा पुगेर तोडफोड गरेका थिए। त्यसपछि सुरक्षार्थ खटिएका प्रहरी टोली पछि …