सगरमाथा निकुञ्जमा हवाईसेवा प्रतिबन्ध काण्डमा ‘स्वार्थसमूह’को ‘दादागिरी’ कायमै, सरकार मौन

ई-आर्थिक, काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज  वरिपरी  खुम्बु क्षेत्रका लागि हेलिकोप्टर उडान रोक्ने विषय पेचिलो बन्दै गएको छ । केही दिन अघि सगरमाथा राष्ट्रिय निकुञ्ज लगायत खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाहरुले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिकरुपमा उडान बन्द गराएका थिए ।
हेलिकोप्टर उडान निषेध गरेसंगै करोडौ लगानी डुब्ने अवस्था आएको हवाई व्यवसायीहरुले गुनासो गरेका छन् । सरोकारबालाहरुले हेलिप्याड क्षेत्रमा स्थानीय निकाय तथा स्थानीय युवाहरुले गरेको अवरोधलाई सिण्डिकेट र दादागिरी शैलीमा दु:ख दिएको …