जलस्रोत तथा सिंचाइ विकास डिभिजन खोटाङका प्रमुख यादव संलग्न घटनामा अख्तियारको छापा

तस्विर : महेश यादवको फेसवुकको वालबाट साभार ।
समाचार प्रभाव/फलोअप
काण्ड ढाकछोप गर्न शक्ति केन्द्रमार्फत आर्थिक प्रलोभनको ‘टुल्स’ प्रयोग गरिदै
ई–आर्थिक, काठमाडौं । जलस्रोत तथा सिंचाइ विकास डिभिजन खोटाङका प्रमुख महेश यादव कारवाहीबाट बच्न शक्ति केन्द्र धाउन थालेको बुझिएको छ । आफू ओखलढुंगामा कार्यरत रहुँदा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ४ को लालिखोला नयाँ प्रविधि सिंचाई आयोजनामा यादवलगायतको मिलेमतोमा भएको अनियमितता ढाकछोप गर्न उनी शक्ति केन्द्र धाउन थालेको बुझिएको हो ।
उनी संलग्न यो काण्डको समाचार ई–आर्थिक डट कमले प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले छापा मारेको थियो । अख्तियारका हालका प्रमुख/सह–सचिव …