ई–आर्थिक, काठमाडौं– ललितपुर फाइनान्स लिमिटेडको का.मु. प्रमुख कार्यकारी अधिकृतमा चन्द्रशेखर खड्का नियुक्त भएका छन् ।
सो फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको पद खाली थियो ।
खाली रहेको सो पदमा फाइनान्सको सञ्चालक समितिको ३९७औं बैंठकले खड्कालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । कम्पनी सचिवको कामसमेत हेर्ने गरी अर्को व्यवस्था नभएसम्मका लागि उनलाई नियुक्त गरेको फाइनान्सले जानकारी दिएको छ ।