२०८३ भाद्र २९ सोमबार

प्रभु बैंकको शाखा कुरिनटारमा

ई आर्थिक    बिहिबार, असोज ९ २०७६
7.3K
Shares
प्रभु बैंकको शाखा कुरिनटारमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो १९६ औं शाखा कार्यालय हो । उक्त शाखाको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले एक समारोहका बिच गरेकी थिइन ।

उक्त शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्रीमती गीता कुमारी गुरुङ्गले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन ।

यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्नु हुँदै उनले प्रभु बैंकको सफलताको कामना गरिन ।

उक्त शाखा उद्घाटन कार्यक्रममा विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सो शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कुरिनटार शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

बैंकले गत आ.ब. मा रु. २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार सञ्चालन मुनाफा गरेको जानकारी दिएको छ । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग सेवा तथा १५२ एटिएममार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij