२०८३ साउन ११ सोमबार

प्रभु बैंकको एक्सटेन्सन काउण्टरमा मदन भण्डारी मेमोरियल ऐकेडेमीमा

ई आर्थिक    आइतबार, असोज ५ २०७६
9.3K
Shares
प्रभु बैंकको एक्सटेन्सन काउण्टरमा मदन भण्डारी मेमोरियल ऐकेडेमीमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउण्टरको सो ऐकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले एक समारोहका विच उद्घाट्न गरे ।

मदन भण्डारी मेमोरियल ऐकेडेमीमो अध्यनरत विध्यार्थीले अब विना झन्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । सेवाग्राहीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij