अर्बौं भ्रष्टाचार आरोप लागेका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी झुक्याएर क्यानाडा उडे, नफर्कने कर्मचारीको आशंका !

फलोअप
ई–आर्थिक, काठमाडौं । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार गरेको आरोप खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी क्यानाडा उडेको छन् । जेनजी आन्दोलनकारी, सरकार र कर्मचारीहरुसमेतलाई छलेर उनी क्यानाडा उडेका हुन् ।
उनीसँगै विभागका उपमहानिर्देशक–२ देव चन्द्रलाल कर्ण पनि क्यानाडा उडेका छन् ।
आज साँझ ६ बजे कतार एरवेजको क्यूआर ६४७ जहाजमा उनीहरु उडेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।
यही सेप्टेम्बर २२ मा आईकाओ एसेम्बलीको ४२औँ अधिवेशन (२२ सेप्टेम्बर २०२५) मा सहभागी उनीहरु त्यसतर्फ उडेका हुन् ।
सरकार परिवर्तन नभएको भए उक्त टोलीमा पूर्वमन्त्री बद्री पाण्डे र उनकी …